देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किए सभामुख घिमिरे

देशान्तर

सभामुख देवराज घिमिरे पाँचदिने कम्बोडिया भ्रमण सकेर मंगलबार राति स्वदेश फर्किएका छन् । उनी गत शुक्रबार कम्बोडिया प्रस्थान गरेका थिए।

अन्तर्राष्ट्रिय संसद (आइपीटीपी)को ११ औँ पूर्णसत्रमा सहभागी हुन त्यहाँ पुगेका सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औँ सत्रलाई सम्बोधन गरेका थिए।

कम्बोडियामा रहँदा सभामुख घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्ष हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेटवार्ता गरेका थिए।

सभामुखले नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्द्धन गर्न सफल भएको बताए । घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको दाबी गरे ।