देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रियल मड्रिडसँग १५ वर्षपछि लिभरपुलले लियाे बदला

देशान्तर

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ। रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जित हो। लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन।

यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले ५२ र र कोडी गाक्पोले ७६ औ मिनेटमा लिभरपुलका लागि गोल गरेका हुन्।

यो जितसँगै पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ। पाँचमध्ये दुई खेल जितेको साविक विजेता रियल मड्रिड ६ अंकसहित २४ औँ स्थानमा छ।