देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामेछाप गाडी दुर्घटना : मृत्यु भएका पाँचैजनाको सनाखत

देशान्तर

काठमाडौं । शुक्रबार रामेछापमा गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडास्थित खिम्ती–बेताली सडकखण्डमा ना१ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खसेको हो ।

पाँचजनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका–४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन्।

पाँचैजनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ। दुर्घटनामा घाइते भएका तीनजनालाई काठमाडौं ल्याइएको छ। उनीहरू सबैको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका–४ का ४ वर्षीय बालक (मृतक सविनाका छोरा) रविन विक र गोकुलगंगा गाउँपालिका–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की छन्।