देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक्लै लडेर प्राप्त स्थान सन्तोषजनक एवं उत्साहवर्धक सङ्केत : नेपाली कांग्रेस

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनमा एक्लै लडेर प्राप्त स्थान लाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएको बताएको छ ।
कांग्रेसले पहिलो दल बनाउन मत दिएको भन्दै जनतामा आभार प्रकट गरेको छ । पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको उल्लेख गर्दै ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम तर राजनैतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण भएको बताएका छन् ।


महामन्त्री शर्माले लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच नहुने तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने निष्कर्ष रहेको उल्लेख गरेका छन् । शर्माले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको भन्दै गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको दाबी गरेका छन् ।