देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै काठमाडौं गुर्खाज

देशान्तर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच हुँदै छ । कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ।

टीयू क्रिकेट मैदानमा भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन्। दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छन्।

काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौँ करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ।