देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिहे नगरी पिता बन्ने तयारीमा चिलीका राष्ट्रपति

देशान्तर

काठमाडौं । ल्याटिन अमेरिकाका सबैभन्दा कम उमेरका नेता चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले चाँडै पिता बन्ने घोषणा गरेका छन्। इन्स्टाग्राममा आफ्नी प्रेमिका पाउला कारास्कोसँग संयुक्त पोस्टमा ३८ वर्षीय वामपन्थी राष्ट्रपतिले शिशुको अल्ट्रासाउन्ड छवि साझा गरेका हुन्।

‘तिमीलाई पर्खँदा…तिमी न्यायपूर्ण र सुखी चिलीमा बस्न सक्छौ भनेर सुनिश्चित गर्न हामी सक्दो प्रयास गर्नेछौँ’, उनीहरूले पोस्टमा भनेका छन्। उक्त पोस्टले बुधबार बिहानै तीन लाखभन्दा बढी लाइक प्राप्त गर्‍यो।

आफ्नी साथीसँग विवाह नगरी बच्चा जन्माउने बोरिक सामाजिक रूढिवादी, क्याथोलिक बहुल देशको पहिलो राष्ट्रपति हुनेछन्। तीस वर्षीया कारास्को वातावरण रसायनशास्त्री हुन्। उनी चिलीको वातावरण मन्त्रालयमा काम गर्छिन्। साथै देशको राष्ट्रिय टोलीमा पेसेवर बास्केटबल खेलाडी पनि हुन्।

बोरिकले उनलाई गत अक्टोबरमा प्यान अमेरिकन खेलकुद हुँदा भेटेका थिए र सन् २०२४ सेप्टेम्बरमा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। सन् २०२२ मार्चमा कार्यालय सम्हाल्दा कारास्को राष्ट्रपतिको दोस्रो प्रेमिका हुन्।

उनको अघिल्लो साझेदार राजनीतिक वैज्ञानिक र समाजशास्त्री इरिना कारामानोसले एक वर्षभन्दा कम समयपछि राजीनामा दिनुअघि संक्षिप्त रूपमा प्रथम महिलाको भूमिका लिएकी थिइन्। उनी र बोरिकले सन् २०२३ नोभेम्बर मा आफ्नो सम्बन्ध तोडेका थिए।