देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति पौडेल केही दिन अस्पतालमा नै रहने

देशान्तर

काठमाडौँ । प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराएका राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमा नै रहने भएका छन् ।

नि. कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार शल्यक्रिया पछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
हिजो राष्ट्रपति पौडेलको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको थियो ।