देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्रष्टाचार नियन्त्रणका लागि राज्य अझै सक्रिय हुनुपर्ने उपप्रधानमन्त्री सिंहको स्पष्टोक्ति

देशान्तर


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार नियन्त्रणमा राज्य अझै सक्रिय हुनुपर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज ललितपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले प्रविधिको विकास भएसँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गईरहेको अवस्थामा भ्रष्टाचार नियन्त्रणका लागि राज्य अझ सक्रिय हुनु जरुरी रहेको बताए ।

भ्रष्टाचार नियन्त्रण गरि सभ्य समाज बनाउने कार्यमा राज्यका सबै जिम्मेवार संयन्त्र प्रतिवद्ध हुनुपर्ने पनि उनको भनाई छ । उनले भ्रष्टाचार संगठित अपराध भएका कारण यसले प्रजातान्त्रिक संस्थाहरुलाई पनि कमजोर पार्ने भन्दै भ्रष्टाचार नियन्त्रणका लागि साझा प्रयास आवश्यक भएको औंल्याए ।