देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मैत्रीपूर्ण फुटसल : राष्ट्रियसभाविरुद्ध प्रतिनिधिसभा टोलीको १३ गोल

देशान्तर


काठमाडौं– १८ औं संघीय संसद सेवा दिवस– २०८१ का अवसरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको टोलीबीच आज बिहान भृकुटीमण्डपस्थित फुटसल मैदानमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको हो।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा राष्ट्रिय सभाको टोलीलाई प्रतिनिधि सभाको टोलीले पराजित गरेको छ। खेलमा प्रतिनिधि सभाको टोलीले १३–० गोल अन्तरले पराजित गरेको हो।

प्रतिनिधि सभाको टोली सभामुख देवराज घिमिरेको नेतृत्वमा र राष्ट्रिय सभाकोा टोली राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा मैदान उत्रिएको थियो।प्रतिनिधि सभाको तर्फबाट तारामान लामा, सुहाङ नेम्वाङ, माधव सापकोटा र मनिस झाले गोल गरेका थिए । राष्ट्रिय सभाको टोलीले भने एक गोल पनि फर्काउन सकेन।