देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको दाने जग्गा विवादको मुद्दामा सर्वोच्चमा सुनुवाई जारी

देशान्तर



काठमाडौं–भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन कीर्तिपुरमा दिएको १० रोपनी १४ आना जग्गा दिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भइरहेको छ।


न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलामसा सुनुवाइ भइरहेको हो। यस अघि गत आइतबार सो रिट सुनुवाइका लागि न्यायाधीशद्धय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको थियो । तर, समय अभावका कारण हेर्न नभ्याईनेमा परेको थियो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइमा यसअघि न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त जग्गादान प्रथम दृष्टिमै कानुनप्रतिकूल भनी तत्काल प्रक्रिया अघि नबढाउन भनेको थियो।

एमालेलाई भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरमा १० रोपनी १४ आना दिएको घोषणा गरी भवनसमेत बनाइदिने भनेका छन्। उक्त स्थानमा गत असोज २५ गते नै भवनको शिलान्यास गरिसकिएको छ।