देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘समाजवादी मोर्चा’ बनाउन गरिएको प्रयत्न अपरिपक्व : झलनाथ खनाल (पूर्णपाठसहित)

देशान्तर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ‘समाजवादी मोर्चा’ बनाउन गरिएको प्रयत्नलाई अपरिपक्व प्रयासको संज्ञा दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले जारी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’ शीर्षकको प्रस्तावमा मोर्चाको कडा विरोध गरेका छन् ।

२०८० असारमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका विप्लव लगायतका नेताहरूले ‘समाजवादी मोर्चा’ गठन गरिसकेको अवस्थामा नेता खनालले यसलाई ‘अपरिपक्व’ प्रयास भनेका हुन् ।

‘यी विभाजित बाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि “समाजवादी मोर्चा” बनाउने प्रयत्न पनि देखापर्‍यो’, खनालको प्रस्तावमा भनिएको छ, ‘त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन ।’

अहिले विभिन्न वामपन्थी समूहहरूमा नीतिहीन, सिद्धान्तहीन र स्वार्थपूर्ण ढङ्गले जो पायो त्यहीसँग कार्यगत एकता गर्ने प्रवृत्ति देखा परेको खनालको निष्कर्ष छ ।

पूर्णपाठ