देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।

२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर बनेका थिए। पञ्चायत व्यवस्थापछि काठमाडौँका उनी पहिलो मेयर हुन्।