देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारिता विशिष्ट काम : सभामुख

देशान्तर

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारिता विशिष्ट काम भएको बताएका छन् । सोमबार संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै सभामुख घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्व बुझाउने, यसको गतिविधि जनतनमा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका हुन् ।


उनले पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको समेत बताए । घिमिरेले सभामुख भएपछि पत्रकारलाई हेर्ने आफ्नो धारणा बदलिएको पनि बताए । संसदका विशेषता के हुन, यसमा कसरी विशेषज्ञता हासिल गर्न सकिन्छ भन्ने सन्दर्भमा पत्रकारितामार्फत् खबरदारी भइरहेको र भइरहन अवश्यक रहेको पनि उनले बताए ।