देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाईयो

देशान्तर

काठमाडौं । कास्की प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।


सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीमाथिको अनुसन्धान प्रतिवेदन पनि सरकारी वकिललाई बुझाइएको छ ।


उनीहरूमाथि प्रहरीले संगठित अपराध, सम्मत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको थियो ।