देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एकीकृत समाजवादी बैठक : भुसालको प्रस्ताव पारित गर्ने तयारी

देशान्तर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ। आजको बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको कार्यविभाजन र वार्षिक कार्ययोजनामाथि छलफल भइरहेको छ।

चारदिनअघि सुरु भएको बैठकमा भुसालले आगामी चुनावमा तालमेल गर्न नहुने, माओवादीसँग तत्काल पार्टी एकता गर्न नहुने विचारसहितको प्रस्ताव बैठकमा पेस गरेका छन्।

पार्टी उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीसहितका थपिएका १७ जना स्थायी समिति सदस्यले समेत भुसालले पेस गरेको कार्ययोजना र कार्यविभाजन प्रस्तावमाथि धारणा राखिरहेका छन्।

उनीहरुको समेत सुझाव समेटेर प्रस्ताव पारित गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।