देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेले लिएको जग्गा दानसम्बन्धी रिट खारेज, पार्टी कार्यालय बनाउने बाटो खुल्यो

देशान्तर

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक समेत रहेका मीनबहादुर गुरुङबाट एमालेले जग्गा दानमा लिनु गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिट सोमबार खारेज भएको छ । रिट खारेजसँगै व्यवसायी गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।

एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङले कीर्तिपुर नगरपालिकाको–२ ढुंगेअड्डामा एमालेलाई १० रोपनीभन्दा धेरै जग्गा दानमा दिएका थिए ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उक्त जग्गामा बन्ने केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका थिए । त्यसपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

जग्गा विवाद सम्बन्धी उक्त रिटमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत तीन जनाले दिएको रिट खारेज गरेको हो ।