देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।

उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो ।

यसअघि साइबर क्राइमको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनले संगठित अपराधमा पक्राउ गरेको थियो ।