देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा १९ जनाविरुद्ध थप अभियोग दर्ता -रवि लामिछाने सहितको मुद्दा भने आइतबार दर्ता हुने

देशान्तर

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको छ । सोही प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सहित छविलाल जोशी जीबी राईका साझेदार रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुनेछ ।


सरकारी वकिलको कार्यालयले यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको हो । उनीहरुमाथि थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगो माग गरिएको छ ।
थप बिगोसहित सूयदर्शन सहकारीबाट असुल्नुपर्ने बिगो कुल बिगो एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको छ ।

ती १९ जना प्रतिवादीलाई नै सहकारी ऐनको दफा ६ बमोजिम बिगो थप माग दाबी गरिएको हो । जीबी रार्ईको हकमा मात्र सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अनुसारको दफा थपसहित पूरक अभियोग दर्ता भएको छ ।