देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एमालेको सचिवालय बैठक बस्दै

देशान्तर

ललितपुर । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।

बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बस्ने एमाले अध्यक्ष केपी ओलीको सचिवालयले जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ।

बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताए।