देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरेका हुन् ।


केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा डा. लक्ष्मीराज पाठक कैलाली , डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा सप्तरी,डा. सुमन कर्माचार्य रामेछाप, डा. सुशीलनाथ प्याकुरेल ललितपुर, श्यामचन्द्र यादव धनुषा, ईश्वर कार्की झापा, विष्णुप्रसाद भट्टराई स्याङ्जा, पुजा फुयाल सोलुखुम्बु, वुधिसरा सुनुवार सुर्खेत, मनोनित भएका हुन् ।