देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य प्रा डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा मनोनीत हुनेहरूमा प्रा. विनय कुसियत–धनुषा, प्रा.डा. रश्मी राजभण्डारी–काठमाडौं, डा. सुदन ओली–रोल्पा, डा. ईशा घर्ती–लम्जुङ, डा. रेवतबहादुर कार्की–ओखलढुंगा, डा. प्रताप छत्कुली–धादिङ, डा. राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.)–धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।