देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, मृत्यु हुनेको संख्या १७९ पुग्यो

देशान्तर


सोल (एजेन्सीहरु)– दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको विमान दुर्घटनामा हालसम्म ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ । थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार विहान दुर्घटनामा परेको हो

विमानमा चालकदलका ६ सदस्यसहित १८१ जना यात्रु रहेको बताइएको छ । ल्यान्ड गर्ने क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि आगलागी भएको भिडियोहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा विमान ठोक्किएपछि ठूलो आगलागी र कालो धुवाँको मुस्लो देखिएको छ।

अग्नि नियन्त्रण विभागले दुई जनालाई जीवितै उद्धार गरेको जानकारी दिएको छ । तीमध्ये एकजना यात्रु र अर्का चालक दलका सदस्य रहेका छन् । विमानको पछिल्लो भागबाट उद्धार कार्य जारी छ ।

विमानमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाइ नागरिक रहेको बताइएको छ ।