देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बौद्धिक समाजको साधारणसभा

देशान्तर


भक्तपुर । करिब दुई दशकअगाडि भक्तपुरस्थित बालकोटको विकास निर्माणमा सघाउने र सामाजिक कार्यहरू गर्ने उद्देश्यले स्थापित बौद्धिक समाज बालकोटको १८ र १९औँ साधारणसभा हिजो शनिबार महेन्द्र शान्ति माविको प्रांगणमा सम्पन्न भएको छ ।
साधारणसभाले सचिव रवीन्द्र श्रेष्ठको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष युवराज श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ । साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष भोलासिंह सिलवालले समाजले काकाकुल अवस्थामा रहेको बालकोटको खानेपानी समस्या समाधानका लागि सूर्यविनायक नगरपालिकामा दबाब समूहमार्फत ध्यानाकर्षण गराएकोमा मेलम्चीको पानी केयूकेएलमार्फत दशैँअगाडि नै खुवाउने भनेकोमा अहिलेसम्म सो कार्य सम्पन्न नभएकाले नगरपालिकालाई अझ झक्झक्याउनुपर्नेमा जोड दिए ।
त्यसैगरी संस्थापक अध्यक्ष रोहितबहादुर रानाक्षेत्रीले करिब दुई दशकअगाडि विकास निर्माण कार्यलाई सघाई गाउँको विकास गर्न समाजको गठन भएको बताए । कार्यक्रममा पूर्वअध्यक्षत्रय रामप्रसाद दवाडी, ध्रुववहादुर ठकुरी र कृष्णभक्त श्रेष्ठले बालकोटको खानेपानी समस्या र संस्थाको उपादेयतामाथि प्रकाश पारेका थिए ।