देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कानून नमान्ने खेलकुद संघलाई केहिदिनभित्रै कारवाही हुन्छ : मन्त्री चौधरी

देशान्तर

काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको कानून नमान्ने खेलकुद संघलाई केहिदिनभित्रै कारवाही गर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थित गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेकोे भन्दै केही खेलकुद संघ ऐन कानूनविपरीत अघि बढिरहेकाले छिट्टै कारवाही गर्ने बताए ।


मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको बताए । अहिले खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको उनको भनाइ छ ।