देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमालयन बैंकको बानेश्वर शाखा कोटेश्वर स्थानान्तरण

देशान्तर

हिमालयन बैंकको बानेश्वर शाखा कोटेश्वर स्थानान्तरण भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आज (आइतबार)देखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका हुन्। हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटिएम, आठ हजारभन्दा बढी पिओएस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरूलाइ बैंकिङ सेवा प्रदान गर्दै आएको छ।