देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटीका कार्यसूची टुंग्याइने

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक आज अपराह्न १ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुँदै छ ।

पार्टी प्रचारविभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा यही पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकका ‘एजेण्डा’, समसामयिक राजनीति, कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।