देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँमा भूकम्पको धक्का महसुस, तिब्बत केन्द्र

देशान्तर

काठमाडौँ, २३ पुस। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।

काठमाडौँ उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भू भागमा पनि भूकम्पको धक्का महसुस गरिएको हो।

बिहान ६:५५ बजे यो महसुस गरिएको हो। 

तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भूकम्प ५.३ म्याग्निच्युडको थियो। 

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।

तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।