देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई नाबालिका छोरीहरूको हत्या गर्ने आमा पक्राउ

देशान्तर

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपातलमा आमाले दुई छोरीको हत्या गरेकी छिन्। घटनास्थल पुगेको प्रहरी टोलीको सोधपुछमा २५ वर्षीया पूर्णिमा रानाले हत्या स्वीकार गरेकी छन्।

बालिकाहरूका बुबा टेकमान राना रोजगारीका क्रममा नुवाकोटमा रहेका बेला उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेको प्रहरीले जनाएको छ।

पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवाद हुने गरेको र सोही कारण छोरीहरूको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए।

उनले कपडाको सलले छोरीहरूको घाँटी थिचेर हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छन्। प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।