देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईपीओको १० कित्ता नीतिलाई हटाउने तयारी

देशान्तर

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको १० कित्ता नीतिलाई हटाउने तयारी गरेको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधनका लागि समिति गठन गरेको छ । नियमन विभागका प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा श्रेष्ठका साथै कानुन विभागका उप कार्यकारी निर्देशक निरन्जय घिमिरे, नियमन विभागका उप कार्यकारी निर्देशक अम्बिका गिरी, निर्देशक रेवत श्रेष्ठ लगायत रहेका छन् । उक्त समितिमा १० कित्ता आवेदन दिने प्रावधान हटाएर ५० कित्ता आवेदन दिन मिल्ने गरी संशोधनको तयारी गरेको बुझिएको छ।

समितिले साधारण सेयर (आईपीओ) का सम्बन्धमा रहेको कानुनी व्यवस्थालाई संशोधन गर्ने, अहिले देखिएका केही समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने, धितोपत्र बजारलाई दीर्घकालसम्म व्यवस्थित बनाउने गरी समितिले सुझाव दिने बताइएको छ ।