देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गीतकार शुभ मुकारुङको पुस्तक ‘यतै अलमलिएँ’सार्वजनिक

देशान्तर

काठमाण्डौं । गीतकार सङ्घका पूर्व अध्यक्ष वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अलमलिएँ’ सार्वजनिक भएको छ । यो भन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’सार्वजनिक भैसकेको छ । 

गीतकार सङ्घ नेपालको आयोजनामा भएको कार्यक्रममा  पुस्तकबारे बोल्दै विशेष अतिथि वरिष्ठ गीतकार पूर्व मन्त्री एस.पी.कोइरालाले गीतहरूलाई समाजले मनोरञ्जनको साधन मात्र भनेर हेला गरेको पाइने तर यो गलत  भएको बताए । गीत समाजको शक्तिशाली आँखा ,माध्यम भएको  र यस कुरालाई शुभ मुकारुङको सिर्जनाले साबित गरेको बताए । 

अर्का अतिथि गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष गीतकार चूडामणि देवकोटाले मुकारुङको यो दोस्रो पुस्तक अवर्णनीय भएको बताए । गीतकार सङ्घ आजको उचाइमा आउनु पनि मुकारुङको ठूलो हात  रहेको बताए । 

गीतकार सङ्घ नेपालका अक्षयकोष दाता गीतकार अमर बान्तुले मुकारुङ भन्दा उमेरले आफू जेठो भएता पनि सिर्जनाको हिसाबले शुभ आफू भन्दा जेठो भएको भन्दै उनका सिर्जना प्रति टिप्पणी गर्ने आफ्नो हैसियत  नभएको भन्दै बधाई दिए  । 

गीतकार सङ्घ नेपाल अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा भएको कार्यक्रममा संस्कृतिविद् भक्त राई ,प्राज्ञ राजन मुकारुङलगायतले पुस्तकको चर्चा गर्दै शुभकामना दिएका थिए 

स्रष्टा मुकारुङले  आफ्नो सिर्जना बारे बोल्दै जीवन यापन र लोक सन्दर्भमा लेखेकोले हौसला ,सुझावको साथै,कमी कमजोरी  औँल्याइदिन आग्रह गरे ।