देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ ।
बैठक पछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको र सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए ।

उनलेसंसद् छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारे । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन सरकारले ल्याएका ६ वटा अध्यादेश पेस गर्ने तयारी छ । यसैबीच सरकारले ल्याएको अध्यादेशको विषयमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र माओवादीबीच सवाल जवाफ भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेबीच अध्यादेशको विषयमा सवाल जवाफ भएको हो ।