देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हतारोमा एकता गर्ने पक्षमा छैन: ‘प्रचण्ड’

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पार्टी एकताको तहसम्ममा नै लैजाने प्रयास जारी राख्नुपर्ने तर हतारोमा एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।


समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचारमा एउटा सीमासम्म एकरुपता नहुँदै, राजनीतिक मुद्दाहरुमा एकरुपता नहुँदै हतारोमा एकता गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले तत्कालिन नेकपाको उदाहरण दिँदै तीतो अनुभवले राम्रो पाठ सिकाएको बताए ।