देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गलत मनसायले फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह

देशान्तर

काठमाडौं । ग्लोबल आइएमई बैंकप्रति प्रहार भएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त वित्तीय संस्थाले गलत मनसायले फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् ।
वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सूरक्षण कोष’ मार्फत् सुरक्षण गरिएको यी चार संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई सरकारले कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्नुपर्ने माग गरिएको छ ।