देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी अध्यक्ष प्रचण्डको आरोपको नेपाली कांग्रेसका महामन्त्री शर्माद्वारा खण्डन

देशान्तर

काठमाडौं । वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक ढंगले गठन भएको भन्ने माओवादी अध्यक्ष प्रचण्डको आरोपको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खण्डन गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले संविधानको उही धाराबाट कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा संवैधानिक हुने अनि सोही प्रक्रियाबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक भनी प्रश्न गरेका हुन् ।

महामन्त्री शर्माले अध्यादेशको सन्दर्भमा पनि प्रचण्डदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले दोहोरो चरित्र देखाएको बताए ।
बाटोबाट अध्यादेश ल्याएको भन्नु दोहोरो चरित्र रहेको उनको भनाइ थियो ।