देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली रहँदासम्म बाम एकता हुने स्थिति छैन-प्रचण्ड

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म बाम एकता हुने स्थिति नभएको बताएका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको पनि बताए । ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको आरोप लगाएका हुन् । अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे । प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।


जनकपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तत्काल आफूहरुको सरकार बनाउनेतर्फ ध्यान नभएकाले कांग्रेससँग पनि सहकार्य नहुने पनि बताए ।

यसैबीच माओवादी केन्द्रले जातीय र क्षेत्रीय मोर्चाहरू ब्युँताएको छ । सरकारबाट हटेपछि पार्टी निर्माणका लागि जनतामा फर्किने संकल्प गरेपछि माओवादीले पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको निर्णय अनुसार जातीय र क्षेत्रीय मोर्चा ब्युँताएको हो । पहिचानसँग सम्बन्धित संगठन समन्वय संयोजक महासचिव देव गुरुङ मधेशी राष्ट्रिय मुक्ति मोर्चा इञ्चार्ज उपमहासचिव मातृकाप्रसाद यादव, जनजाति महासंघ इञ्चार्ज ओनसरी घर्ती, कर्णाली राष्ट्रिय मुक्ति मोर्चा इञ्चार्ज नरेश भण्डारी, सेती महाकाली मुक्ति मोर्चा इञ्चार्ज त्रिलोचन भट्ट रहेका छन् । मुस्लिम मुक्ति मोर्चा नेपाल इञ्चार्ज हकिकुल्लाहा खाँ मुसलमान र नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा नेपाल इञ्चार्ज परशुराम रम्तेल तोकिएका छन् ।