देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सामाजिक सञ्जाल विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छ- महामन्त्री शर्मा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् । सामाजिक सञ्जाल विधेयकका विषयमा बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने बताए ।


महामन्त्री शर्माले विधेयकमा रहेको केहि दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको त्यस्तै अघि बढाउन नहुने बताए । उनले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे । यसैबीच कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार सामाजिक सञ्जाल विधेयकविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।

विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएकाले यसलाई सच्याउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको थियो ।