देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढ्यो

देशान्तर


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।