देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

देशान्तर

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पहिलो चरणमा पाँचजनालाई ‘सर्टलिस्ट’ गरिएको थियो । तीमध्ये तीनजनाको नाम मन्त्रिपरिषद्‍मा पुगेको थियो ।

ओझा व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण हुन् । प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।