देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा ओली नेतृत्वको सरकारको आलोचना र ट्रम्पको प्रशंसा

देशान्तर

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारको आलोचना र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेको छ ।
सोमबार भएको स्थायी समिति बैठक पछि मंगलबार जारी विज्ञप्तिमा आफूहरुले नेपालका शासकहरू प्रति गर्दै आएको आलोचना अहिले पुष्टि भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपालका ती नेताहरूको कामलाई फ्रड (ठगी) भनेर आलोचना गरेबाट थप पुष्टि हुन पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो पार्टी देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि यो दलाल, नोकरशाही तथा सामन्ती सत्तालाई ध्वस्त पारी सङ्घीय जनगणतान्त्रिक राज्य व्यवस्था ल्याउने काममा जुट्न आम जनसमुदायलाई आह्वान गर्दछ ।’

कार्यवाहक महासचिव सीपी गजुरेलको अध्यक्षतामा बसेको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिको आलोचना गर्दै पूर्वराजा र राजावादीहरूले राजतन्त्र फर्काउन गर्ने कुनै पनि प्रयासका विरुद्ध उभिने निर्णय गरेको छ । यसैगरी बैठकले ताप्लेजुङको मकुम्लुङमा स्थानीय जनचाहना विपरीत केबुल कार निर्माण गर्न राज्यले जनतामाथि दमन गरेको भन्दै आलोचना गरेको छ । बैठकले नेपाल ग्रे लिस्टमा पर्दा यसले आगामी दिनमा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्ने निष्कर्ष पनि निकालेको छ ।