देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङमा ट्यांकर दुर्घटना : दुईको मृत्यु, दुई घाइते

देशान्तर

काठमाडौं । धादिङको गुप्तेश्वरमा ट्यांकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

बा ०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर भीरबाट खस्दा गुजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र त्यही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा गजुरी गाउँपालिका–६ कै १९ वर्षीय सिरिश चेपाङ र त्यही ठाउँका १७ वर्षीय सुरेश चेपाङ घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

घटनालगत्तै पक्राउ परेका ट्यांकरका चालकले हाम फालेर बाँचेको बताएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्यांकर ब्याक गर्ने क्रममा सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।