देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुरागाईंमाथिको छानबिन प्रतिवेदन पठाउँन पत्राचार

देशान्तर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिन प्रतिवेदन पठाउँन पत्राचार गरेको छ ।
काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईं छानबिनमा तानिएका थिए । महानगरपालिकाले महानगर प्रमुखस्तरीय निर्णयबाट शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरेको पत्र तयार पारेको थियो ।


त्यतिबेला १५ दिनभित्र सिफारिससहित प्रतिवेदन पेस गर्न भनिएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि अर्को समिति बनाइएको थियो । महानगरले अहिलेसम्म पनि उक्त समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएको छैन । गुरागाईं पुस १७ सम्म बिदामा बसेका गुरागाईंले त्यसपछि कार्यालय आउने तयारी गर्दा बालेनको सचिवालयले कार्यकक्षमा ताल्चा लगाएको थियो ।

मेयर बालेनले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।