देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हृदयघात भए पछि पूर्वयुवराज पारस अस्पताल भर्ना

देशान्तर

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई हृदयघात भए पछि अस्पताल भर्ना भएका हुन् । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बेलुका भर्ना भएका थिए ।

आइतबार नै उनको एनजीओप्लास्ट गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।