देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउछ- देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने बताएका छन् ।
कांग्रेसनिकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको र पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने बताए । देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने पनि बताए ।

उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको पनि बताएका छन् ।
उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको र गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाए ।