काठमाडौँ । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित बालेन शाहको पुख्र्यौली घरमा पुगेका छन् ।
हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरूबाट सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको भन्दै सबै मिलेर देश बनाउनु पर्ने बताए । उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए ।





प्रतिक्रिया