देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली दिउँसो काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर जान लागेका हुन् ।