देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन गृहमन्त्रीको चेतावनी

देशान्तर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेको र त्यो भ्रममा राजाले हौसिन आवश्यक नभएको बताएका हुन् ।

जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेको र यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजलाई चेतावनी दिए ।