देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कास्की केन्द्रविन्दु भएर भूकम्प

देशान्तर

काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रा खलबलाइदिएको थियो । भूकम्पले क्षति पुर्‍याएनपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिंगी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का महसुस भएको थियो ।