देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समाजवादी मोर्चा बैठक : विरोधसभाबारे छलफल

देशान्तर

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने बताएको छ भने यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन चैत्र १५ गते काठमाडौंमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका नेत्रविक्रम चन्द विप्लव, नेसपाका महिन्द्र राय यादवलगायतका नेताहरू सहभागी रहेका छन् ।