देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पीएनमा अखिलले जोगायो बिरासत

देशान्तर

काडमाडौं । पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका विष्णु पोखरेल जितेका छन्। उनले नेपाल विद्यार्थी संघका सुशील न्यौपानेलाई दोब्बर मतले हराएका हुन् ।

पोखरेलले १ हजार १०५ मत ल्याएर जित हासिल गरे। उनका निकटतम प्रत्याशी सुशील न्यौपानेले ५०३ मत पाए। निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलका अनुसार स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत, अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६ मत र अखिल छैटौँका मिलन सुनारले २८ मत पाए।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १ हजार ४१३ मत ल्याएर विजयी भएका छन्। नेविसंघका विवेक भट्टराईले ६२८ मत र अखिल क्रान्तिकारीका मिराज थापा मगरले २९३ मत पाए।

कोषाध्यक्षमा सन्दिका गुरुङले १ हजार ३०४ मतसहित जितिन् भने नेविसंघका अमिषा यादवले ६४७ मत ल्याइन्।

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुले लगातार जित्दै आएको छ। यसपटक पनि उसले आफ्नो विरासत कायम राख्यो। यहाँ ९ हजार २७० मतदाता थिए, जसमध्ये २ हजार ९८७ जनाले मतदान गरेका थिए।