काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध गराएर सहयोग गरेको छ ।
आज राजावादी र गणतन्त्रवादीको आन्दोलनका कारण एसईईका विद्यार्थीलाई असहज हुन सक्ने भन्दै काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले विभिन्न स्थानमा सवारीसाधनको व्यवस्था गरेको थियो ।
यसका लागि महानगरले प्रहरी अधिकृतहरूलाई विभिन्न क्षेत्रको जिम्मेवारी दिएको थियो । बानेश्वरका लागि नप्रउ दिनेशकुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्ध गराएको थियो ।
साथै, विद्यार्थीले सवारीसाधनको आपतकालीन आवश्यकता परेमा काठमाडौं महानगरपालिकाको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्ने व्यवस्था गरेको थियो ।





प्रतिक्रिया